०८ असार २०८३, सोमबार

प्रधानमन्त्रीको उपचार प्रक्रिया बुधवार सकिने

प्रधानमन्त्रीको उपचार प्रक्रिया बुधवार सकिने

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी बुधवार सकिने भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बुधवार सातौँ चरणको उपचार प्रक्रिया सकिने र यससँगै उपचार पूरा हुने बताएका छन् ।

आइतवार एक ट्वीट गर्दै अर्यालले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीसँगै रहेका निजी चिकित्सक डा. दिलिप शर्मालाई उदृत गर्दै अर्यालले सातौँ चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने बताए ।

'सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ,' अर्यालले गरेको ट्वीटमा उल्लेख छ, 'प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।'

salt training

कमेन्ट गर्नुहोस्