१४ असार २०८३, आइतबार

एटीएमबाट पैसाचोरी काण्डमा नेपालीको पनि संलग्नता आशंका, यसरी थाहा पायो बैंकले

भदौ १६, २०७६
एटीएमबाट पैसाचोरी काण्डमा नेपालीको पनि संलग्नता आशंका, यसरी थाहा पायो बैंकले

काठमाडौं– नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ । एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ । 
प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ । उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए । 
यसरी थाहा पायो बैंकले 
बैंकले एटीएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडबढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर सार्वजनिक बिदाको दिनसमेत २४ घण्टै आफ्ना कर्मचारीलाई खटाएको हुन्छ । त्यतिबेला नबिल बैंकले पनि आफ्ना कर्मचारी खटाएको थियो । बैंकले शनिबार बिदा पर्ने भएकाले शुक्रबार एटीएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ । तर, शनिबार नै नबिल बैंकको कमलादीका दुवै एटीएम खाली भएको देखियो । अस्वाभाविक रूपमा एटीएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरेका थिए ।
सुपरभाइजर अफिस आएर हेर्दा प्रभु बैंकको १२÷१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको देखियो । त्यसपछि बैंकले सीसीटीभी क्यामराको फुटेज हे¥यो । सोही समय एनआईसी एसिया, जनता, ग्लोबल आईएमई र सनराइज बैंकको पनि कार्ड घोटिएको देखिएको छ । सीसीटीभीमा स्कुल जाने ब्याग जस्तोमा पैसा झिक्दै हालेको देखियो । उनीहरू विदेशी भएको त्यसैबेला थाहा भयो । कमलादी शाखाबाट पैसा झिकेका ती व्यक्ति नै नबिल बैंकको दरबारमार्ग तीनधारास्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए । त्यसबेला सीसीटीभी लाइभ थियो । लाइभमै तिनीहरूले पैसा झिकेको थाहा भएपछि बैंकले सुरक्षा गार्डलाई प्रयोग गरेर एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सो समय यस घटनाको रिपोर्टिङ अरू बैंकलाई समेत भइसकेको थियो । प्रभु बैंकले थाहा पाउनेबित्तिकै सबैभन्दा पहिले प्रहरीलाई खबर गर्यो । त्यसपछि अन्य चार जना होटलबाट पक्राउ परेका थिए । उनीहरूको साथबाट १ करोड ४० लाख रुपैयाँ बरामद गरिएको थियो । अझै केही चिनियाँ फरार रहेको प्रहरीको अनुमान छ । त्यसपछि तत्काल नबिल बैंकले प्रभु बैंकको कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदियो ।

नबिल बैंकका कर्मचारीले एटीएम खाली भएको विषयलाई सामान्य रूपमा हेरेको भए मात्र पनि यो घटनाबारे आइतबार दिउँसो मात्र थाहा हुन्थ्यो । कर्मचारीले तत्कालै किन भयो भनेर हेरेका कारण बैंकहरूबाट थप पैसा निस्किन पाएन । नबिलको एटीएमबाट करिब ७० लाख रुपैयाँ जति पैसा निकालिएको छ । बाँकी पैसा अन्य बैंकबाट निकालिएको छ ।
प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरू मुख्य योजनाकार होइनन् । उनीहरूले लुटेको पैसामा १० प्रतिशत कमिसन पाउने समझदारी भएको देखिन्छ । नेपाली पैसा लुटेर त्यसलाई डलरमा परिवर्तन गर्ने काममा भने केही नेपाली पनि संलग्न हुन सक्ने अनुसन्धानमा देखिएको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्