०२ असार २०८३, मंगलबार

नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथाको पोल्टामा

नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथाको पोल्टामा

नेपालगञ्ज– नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ ।
 
प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो भएको छ । दोस्रो र तेस्रो हुने समूहले क्रमशः नगद रु २५ हजार र रु १० हजारसहित प्रमाणपत्र र पुरस्कार प्राप्त गरेका छन् ।
 
प्रतियोगिताको सान्त्वना पुरस्कार सृष्टि समूह बाँके र प्रोत्साहन पुरस्कार नारी उत्थान केन्द्र खजुरालाई प्रदान गरिएको छ । ग्राण्ड फिनालेमा बाँके र बर्दियाका २८ समूहको सहभागिता थियो ।

नेपालगञ्जको कृष्णसार एफएमले आयोजना गरेको प्रतियोगिता समापन समारोहमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले विजेता टिमलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री राईले धर्म संस्कृतिको जर्गेना र संरक्षण अहिलेको आवश्यकता भएको बताउँदै यसका लागि सबै पक्ष जागरुक हुनुपर्छ भने।

salt training

कमेन्ट गर्नुहोस्