×

X
Dabur
Nic Asia
Marvel

आलेख

प्रदेश २ को नामाङ्कन : पहिचान मेटाउने अस्त्र 'मधेश' !

काठमाडाैं | भदौ १६, २०७६

TVS INSIDE

संघीयताको मूल मन्त्र विकेन्द्रीकरण हो तर दुर्भाग्यपूर्ण ढंगले नेपालभित्र यस विषयले गाम्भीर्यता र आकर्षण पाएको देखिँदैन । देशभित्र संघीय संरचना स्थापित गराउन प्रदेश नम्बर २ को महत्त्वपूर्ण भूमिकामा छ । पहिचान र अस्तित्वको लडाईंले प्रदेशभित्र एक नयाँ रूप लिने पूर्व संकेतहरू देखिन थालेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

एकातर्फ संघीयता बचाउन र यसको सफलतासँगै भविष्य सुनिश्चित गर्न प्रदेश नम्बर २ को भूमिकाको महत्त्व धेरै छ भने अर्कातर्फ राजनीतिक दलहरूले यस जगलाई बलियो बनाउन विकासलाई प्राथमिकता दिनुपर्ने बेला पहिचान र अधिकारको लडाईंतर्फ आम सर्वसाधारणलाई धकेलेको देख्दा राजनीतिक संकट आउने सम्भावना प्रबल हुँदै गएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

प्रदेशभित्र नामाङ्कन र राजधानीको विषयले यस सन्दर्भलाई सम्वेदनशील बनाउँदै गएको देखिन थालेको छ । हालै प्रदेशको स्थायी राजधानी जनकपुरधाममा प्रदेशको नाम के राख्ने भन्नेबारे प्रदेश सभाभित्र विभिन्न राजनीतिक दलहरूले आफ्नो छुट्टाछुट्टै मत राख्न पुगे । नामाङ्कनको विषयले विवाद स्थापित गरेर प्रदेशभित्र एक नयाँ राजनीतिक तरंग सिर्जना गर्‍यो ।

प्रदेशको नामाङ्कनले मुख्यतया केही गम्भीर प्रश्नहरूको उत्तर खोजेको देखिन्छ र यसले राजनीतिक चरित्र र धरातलबारे पनि स्पष्ट पारेको छ । नेपाल विश्वभरिका मूलकमध्ये भौगोलिक र समाजिकरूपमा विविध रहेको हुँदा यहाँ विभिन्न सभ्यताहरूको आफ्नै पहिचान र इतिहास सहजै देख्न सकिन्छ । आज प्रदेश नम्बर २ भित्र नामाङ्कनको विषयले यसै विषयलाई कमजोर र निरर्थक बनाएको देखिन थालेको छ ।

Vianet communication
Maruti inside

इतिहास साक्षी छ, तराई को उर्वर भू-भाग माता सीताको भूमिका रूपमा विश्वविख्यात् रहेको छ भने हाम्रो सभ्यताले मिथिला र मैथिलको अनेकौं गौरव गाथाबारे चित्रण गर्छ । आज प्रदेश नामाङ्कनको विषय यिनै गौरवशाली विषय वस्तुलाई पछि छाडेर हिँडेको देखिँदैछ ।

राजनीतिक शक्ति परिवर्तनकारी र गतिशील हुन नसक्दा तराईवासीको पहिचान धमिलो भएर मधेश शब्दमा सीमित भएको छ । मधेश र मधेशी शब्द लादिएको एक राजनीतिक प्रहार हो भन्ने कुरा आमसर्वसाधारणले बुझ्न सकेका छैनन्

राजनीतिक शक्ति परिवर्तनकारी र गतिशील हुन नसक्दा तराईवासीको पहिचान धमिलो भएर मधेश शब्दमा सीमित भएको छ । मधेश र मधेशी शब्द लादिएको एक राजनीतिक प्रहार हो भन्ने कुरा बुझ्न नसकेका आम सर्वसाधारणमा राजनीतिक दलले राज्य सत्तासम्म पुग्न यस मधेश शब्दलाई पहिचान दिने खेल अघि सारेको देखिन्छ । 

राजनीतिक संयत्रको राष्ट्र  र राज्य विकसित बनाउन विकास सँगसँगै सभ्यता र पहिचानलाई संरक्षण गर्ने पहिलो जिम्मेवारी हुन्छ तर दुर्भाग्यपूर्ण ढंगले प्रदेश नम्बर २ का नेताहरू यस विषयमा सत्ताकेन्द्रित भए र यसले हाम्रो पहिचान एवं सभ्यतालाई नै धमिलो बनाउने काम गर्‍यो । 

प्रदेशको पहिचान मधेश र मधेशीसम्म मात्रै सीमित पार्ने खेलमा प्रथम स्थानमा बसेका मधेशकेन्द्रित दलहरूले यस माध्यमबाट राजनीतिक फाइदा लिन खोजेका छन् भने अन्य राजनीतिक दलमा सभ्यताप्रतिको प्रेम कम झल्किन्छ र राजनीतिक प्रतिद्वन्द्वीको विरोध गर्नैपर्ने बाध्यता बढी । प्रदेशको नाम र राजधानीको विषयले आज राजनीतिक दलहरू बाहेक कुनै औचित्यलाई समर्थन गरेको देखिन्न ।

देशभित्र तथा बाहिरबाट सञ्चालित विभिन्न गैरसरकारी संस्थाले यस विषयलाई थप कमजोर बनाएका छन् । पश्चिमा शक्तिकेन्द्रहरू नेपालको पहिचान र राजनीति कमजोर पार्ने खेलमा गैरसरकारी संस्थाहरूको माध्यमबाट लागि परेका छन् । प्रदेश नम्बर दुईभित्र यिनै पश्चिमा शक्तिशाली मुलुकका धेरै राजनीतिक दलालहरू सक्रिय भएर बसेका छन् जसको उद्देश्य नै हाम्रो सभ्यतामाथि निरन्तर प्रहार गरिरहने छ ।

यसरी कमजोर पारिएको हाम्रो पहिचानलाई ध्वस्त बनाउने अन्तिम स्वरूप नै हो मधेश शब्दको वास्तविक रूप ।

मधेश शब्दको उत्पति कहिले भयो र यो शब्दको प्रयोग पहिलोपटक कसले गर्‍यो भन्ने कुरामा हामी अझै स्पष्ट छैनौं । २०६२/६३ को आनदोलनले मधेशको प्रसङ्गलाई राजनीतिक औचित्य दिए पनि यसको प्रयोग भने पहाडतिर तराई भेगका श्रमजीवीलाई अङ्कित गरेर निकै पहिलेदेखि भएको बुझिन्छ । यो शब्दले यसैकारण न त हाम्रो पहिचानलाई नै दर्शाउँछ, न त हाम्रो सभ्यतालाई नै ।

प्रदेश नम्बर २ को आफ्नै वास्तविक पहिचान र मौलिकता छ, तर आज केही वर्गको राजनीतिक स्वार्थले हाम्रो वास्तविक पहिचान हराएको देखिन्छ । मिथिला, अवध, भोजपूरा लगायत सभ्यताको आफ्नै गरिमामय इतिहास, पहिचान, कला-संस्कृति, रंग, रूप र परिवेश हुँदाहुँदै आज हामीलाई मधेशी भनेर मात्रै चिनाउने प्रयास हुँदैछ । प्रदेश सरकारको कमजोर नेतृत्वले यस विषयलाई  थप प्रचार–प्रसार गरेर हाम्रो पहिचान सिध्याउने निकै ठूलो षड्यन्त्र हुँदैछ । 

आज प्रदेशभित्र सत्तारुढ दलहरूको क्रियाकलाप हेर्दा पहिचानको नाममा राजनीतिक व्यापार भइरहेको स्पष्ट देखिन थालेको छ । मधेशवादी शीर्ष राजनीतिक नेताहरू जनतालाई  दिग्भ्रमित गर्न सिपालु रहेको अनेकौं प्रमाण छन् जसमध्ये समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव केन्द्रीय सरकारको उप-प्रधानमन्त्री पनि छन् । मौसमझैँ परिवर्तन हुने नेता उपेन्द्र यादवको चरित्र प्रदेशको पहिचान र नामबारे स्पष्ट रहेको छ ।

पश्चिमा शक्तिकेन्द्र नेपालको पहिचान र राजनीति कमजोर पार्ने खेलमा गैरसरकारी संस्थाहरूको माध्यमबाट लागि परेका छन्

प्रदेशभित्र जातीय राजनीतिका माहिर खेलाडी मानिने उपेन्द्रले मधेशको जल्दोबल्दो मुद्दा कहिले सम्बोधन गर्न सकेका छैनन् । मधेश शब्दले नै आफ्नो राजनीतिक पसल चलाएका उनी प्रदेशको पहिचान मधेश नामाङ्कनले धमिलो बनाउन लागि परेका छन् । यता मधेशको राजनीतिमा सक्रिय राजपा नेपालका शीर्ष नेताहरू पनि यस विषयमा उपेन्द्र यादवसँग एक मत राख्छन् । 

सर्वसाधारणमा मधेशको नामले लोकप्रियता समेत कमाएका यी राजनीतिक दलहरू जनता झुक्याउन सफल रहेपनि भित्री राजनीति प्रदेशभित्र अझै जातीय विभाजनमै सीमित छ ।

प्रदेशको गौरवशाली सभ्यता सिध्याउन छिमेकी मुलुक भारतले पनि राजनीतिक दलहरूलाई विभिन्न किसिमका प्रलोभन र सुविधा दिँदै आएको छ ।

भारतको यस विषयमा मधेशवादी शक्तिलाई समर्थन गर्ने दुई महत्त्वपूर्ण कारण देखिन्छ ।

एकातिर मधेशभित्र आफ्नो समर्थक उभ्याएर राष्ट्रिय राजनीतिमा बार्गेन गर्ने र अर्कोतर्फ मिथिला लगायतका सम्पूर्ण ऐतिहासिक सभ्यताहरू आफ्नै रहेको दाबी गर्ने भारतको मुख्य योजना रहेको बुझिन्छ । प्रदेशको मौलिकता र सभ्यता जोगाउने हो भने आउने दिनमा प्रदेशभित्र एक सकारात्मक बहस चलाउनु आवश्यक देखिन्छ ।

राजनीतिक निकास सहज नरहेकाले नागरिक समाज र वौद्धिक वर्गले गौरवशाली इतिहासको रक्षा गर्न बौद्धिक बहसको शुरूवात गर्नुपर्ने हुन्छ ।

TATA Below
NLIC
साउन १८, २०७९

लोकतन्त्र एउटा शासकीयस्वरूप, राज्य र समाजको एउटा व्यवस्था, राजनैतिक दर्शन हो भने व्यापक अर्थमा यो नागरिकको जीवन पद्दति हो । यसलाई जनतामाथि जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्था शासकीय अर्थमा लोकतन्त्र भनिन्...

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

साउन २०, २०७९

अमेरिकाकी सभामुख न्यान्सी पलोसी ताइवान ओर्लिएपछि अमेरिका र चीन आमनेसामने भएजस्तो गरी चर्चा भइरहेको छ । विभिन्न समयमा विश्व व्यवस्थाका स्थापित अवस्थाहरू परिवर्तन भइरहेका हुन्छन् । अमेरिकाले कुनै समय एक चीन नीत...

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

साउन २०, २०७९

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x