०३ असार २०८३, बुधबार

तीजका अवसरमा शिवालयमा भक्तजनको भीड

तीजका अवसरमा शिवालयमा भक्तजनको भीड

भक्तपुर– महिलाको प्रमुख चाड तीजका अवसरमा आज (सोमवार) यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । 

ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरलगायतमा आज महिला दर्शनार्थीको सोमवार बिहानैदेखि घुइँचो लागेको छ ।

सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा मन्दिर व्यवस्थापन समितिले दोहोरी गीतको आयोजना गरेको समितिका भाइकृष्ण श्रेष्ठले जानकारी दिए। व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको छ । 

डोलेश्वरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । सहज रुपमा दर्शनका लागि डोलेश्वर विकास समितिले मन्दिरको चारै ढोका खुला गरेको समितिका कोषाध्यक्ष मोहन बल्लभले जानकारी दिए। व्यवस्थापनमा प्रहरी एवम स्वयंसेवक परिचालन गरिएको छ । दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्