
बुटवल– कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का तीन जना महिला नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएका छन् ।
कपिलवस्तुको शुद्धोधन–६ बेथी नदीको बेलभरिया सन्तघाटबाट तीजको दिन नुहाउन पुगेका २५ वर्षिया तारामती कोहार, १५ वर्षिया तारा कोहार र ८ वर्षिया खुस्वु रैदास नदीले बगाएर बेपत्ता भएका हुन् ।
कपिलवस्तु प्रहरी प्रमुख दीप शमसेर राणाले बेपत्ताहरूको खोजी कार्य भइरहेको लोकान्तरलाई जानकारी दिए । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरुको टोलीले उनीहरुको खोजी कार्य गरिरहेको राणाले बताए । घटना बिहान ११ बजेको हो ।