
काठमाडौँ - पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी आसिफा अली भुट्टोले कश्मीर मामिलामा प्रधानमन्त्री इमरान खानले गल्ती गरेको बताएकी छिन् ।
बीबीसी उर्दूसँग कुरा गर्दै आसिफाले प्रधानमन्त्रीले यस विषयमा संसदमा भाषण दिनु गल्ती भएको बताएकी हुन् ।
उनले भनिन्, 'पाकिस्तानी विदेशमन्त्रीको पाकिस्तान नियन्त्रित कश्मीरमा जानु र विश्व समुदायबाट ठूलो अपेक्षा राख्न नहुने भनी दिएको वक्तव्यबाजी हास्यास्पद छ ।'
-एजेन्सीको सहयोगमा