२३ जेठ २०८३, शनिबार

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत प्रदान

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत प्रदान
सन्दर्भ तस्वीर

इनरुवा- जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । 

कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिवार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । 

गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अगुवाइमा गएको टोलीले मृतक परिवारलाई राहत रकम हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ । माछा मार्ने क्रममा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा मुखियाको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्