२४ जेठ २०८३, आइतबार

विस्तार हुन सकेन विद्युत्

विस्तार हुन सकेन विद्युत्

बैतडी – बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत् विस्तार हुन सकेको छैन् ।

कूल १२० बढी घरधुरी रहेको सो ठाउँमा विद्युत् विस्तारका लागि चारवर्ष पहिला पोल गाड्ने तथा तार जोड्ने काम भए पनि विद्युत् भने अहिलेसम्म शुरु भएको छैन् ।
    
केही पोल र तारको काम भए पनि काम बीचमै अधुरो रहेको स्थानीय वीरसिंह महराले बताए । विद्युत् प्राधिकरण र ठेकेदारको लापरवाहीका कारण गाउँमा विद्युत् विस्तार हुन नसकेको उनले बताए ।

विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको उनले गुनासाे गरे ।

ठेकेदारको लापरवाहीका कारण विद्युत् विस्तार नभएको र अबको केही दिनभित्रै काम सकेर सेवा शुरु गरिने विद्युत् वितरण केन्द्र पाटनका इञ्चार्ज पुष्पराज पन्तले बताए ।

salt training

कमेन्ट गर्नुहोस्