१९ असार २०८३, शुक्रबार

चोरीका ५६ थान मोबाइलसहित तीन पक्राउ

चोरीका  ५६ थान मोबाइलसहित तीन पक्राउ

भक्तपुर– महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङ्गलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने, सर्लाही मलङ्गवा नगरपालिका–४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जितकुमार पण्डित र भारत नयाँदिल्ली घर भई हाल काठमाडौँ महानगरपालिका–५ बालकुमारीमा फ्याल्ट भाडामा लिई बस्ने ३३ वर्षीय सत्य प्रकाश रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु चार हजार ८४०, नेपाली रु ६२ हजार ७४४ र नक्कली बिल प्याड बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। 

नेपाल र भारतका विभिन्न स्थानबाट चोरी गरिएका मोबाइल सत्य प्रकाशले जम्मा गरी रञ्जितकुमारलाई बिक्री गर्ने र रञ्जितकुमारबाट उक्त सेटहरु लामिछानेले खरीद गरी बिक्री वितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले जानकारी दिए।

प्रहरीले मोबाइल चोरीमा प्रयोग गर्ने भडीएल १ सीजेट ४५५३ नंको भारतीय सवारीसाधनसमेत नियन्त्रणमा लिएको जानकारी दिँदै उहाँले पक्राउ परेकाबाट थप अनुसन्धान भइरहेको बताए।

salt training

कमेन्ट गर्नुहोस्