काठमाडौं – ग्लोबल वार्मिङ तथा बढ्दो तापक्रमलाई नियन्त्रण गर्नका लागि संसारका देशहरूले लगातार कदम उठाइरहेका छन् ।
लस एन्जिलिस, मक्का र टोक्योपछि अब कतारको राजधानी दोहाले सडकमा नीलो रंग पोतेको छ । गल्फ न्युजमा प्रकाशित खबरअनुसार, शहरका सडकहरूमा नीलो रंग पोतेर तापक्रम नियन्त्रण गर्न खोजिएको छ ।
१८ महिनासम्म चलेको प्रयोगपछि अगस्ट १९ मा शहरको एक प्रमुख सडकलाई पूरै नीलो रंगमा रंगाइएको छ ।
सौक वकीफ ह्यारिटेड जोन सडकमा १ मिलीमिटर बाक्लो नीलो रंग पोतिएको छ । तापक्रम नियन्त्रणमा कस्तो प्रभाव देखिन्छ भनी हेरिँदैछ ।
नीलो सडकमा तापक्रम कत्तिको घट्छ भन्ने जाँच्नका लागि सेन्सर पनि लगाइएको छ । नीलो रंगमा सूर्यको रेडिएसन ५० प्रतिशतसम्म कमी हुन्छ ।
कतारको प्रमुख सार्वजनिक कम्पनी को असगललाई यो परियोजना पूरा गर्ने जिम्मेवारी दिइएको छ ।
कतारले सन् २०२२ को फूटबल विश्वकप पनि आयोजना गर्दैछ । इन्धन सम्पदा भरपूर भएको देशमा फिफा विश्वकपका विषयमा उत्साह छ र उसले निर्माण परियोजना पूरा गर्न शीघ्रता अपनाउँदैछ ।
एजेन्सी