१४ असार २०८३, आइतबार

टिकट बेच्न नसकेपछि काठमाडौँ–ओसाका ३ उडान रद्द

भदौ १९, २०७६
टिकट बेच्न नसकेपछि काठमाडौँ–ओसाका ३ उडान रद्द

नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् ।  यो कान्तिपुर दैनिकमा खबर छ ।

निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो । 

‘कजोर लोड भएका कारण साताका तीन दिन हुने उडान दुई दिनमा झारिएको छ,’ उनले भने,‘दसैंको सिजन सुरु भएपछि तीन दिन नै उडान हुनेछ ।’
निगमले उडान रद्द गरेको कारणसहित जापानस्थित सिभिल एभियसन ब्युरो(जेक्याब’लाई इमेल पठाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्