
सांसदहरुले सुर्खेतमा गाई मारिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनीहरुले उक्त घटना नियतवश गराइएको भन्दै नेपालगन्ज उपमहानगर प्रमुख, बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरीमाथि छानबिन गर्नुपर्ने औंल्याए । सानालाई कारबाही गरेर ठूलालाई बचाउने काम नगर्न पनि उनीहरुले चेतावनी दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ।