०३ असार २०८३, बुधबार

विभिन्न मुद्धामा फरार तीन अभियुक्त पक्राउ

विभिन्न मुद्धामा फरार तीन अभियुक्त पक्राउ

लहान– विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट प्रहरीले एकै दिन बुधबार पक्राउ गरेको छ ।
 
जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव तथा लेनदेन बिगो मुद्दामा फरार सिराहा नगरपालिका–१२ सास्वरका ५५ वर्षीय काशिन्द्र यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।  

आठ सय लिटर घरेलु मदिरा नष्ट

सिराहा प्रहरीले बुधबार विभिन्न स्थानबाट करीब आठ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । नरहा गाउँपालिका–३, सिरहा नगरपालिका–१२ सास्वर र  माडर, बरियारपट्टीलगायत स्थानबाट सो परिमाणको घरेलु मदिरा तथा कच्चा पदार्थ  नष्ट गरिएको हो ।  

salt training

कमेन्ट गर्नुहोस्