०२ साउन २०८३, शनिबार

काबुलमा अमेरिकी दूतावास नजिक कार बम विस्फोट, कम्तीमा १० जनाको मृत्यु

काबुलमा अमेरिकी दूतावास नजिक कार बम विस्फोट, कम्तीमा १० जनाको मृत्यु

काठमाडौं – अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी दूतावास तथा अन्य कूटनीतिक नियोगहरू रहेको उच्च सुरक्षा क्षेत्रमा कार बम विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । 

बिहीवार शाश दाराक नामक स्थानमा विस्फोट भएको हो । त्यहाँ राष्ट्रिय सुरक्षा निर्देशनालय लगायतका महत्त्वपूर्ण भवनहरू छन् । 

गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले उक्त आक्रमणमा कम्तीमा १० जना मारिएको बताए । तालिबानले घटनाको जिम्मेवारी लिएको छ । तालिबानले अहिले अमेरिकासँग कतारको राजधानी दोहामा शान्तिवार्ता गरिरहेको छ । 

विस्फोटमा परी नागरिक र सुरक्षाकर्मी दुवै मारिएको वा घाइते भएको विस्फोट स्थल नजिक रहेको वजिर अकबर खान अस्पतालका व्यवस्थापक फरिद अहमद करिमीले बताए । 

सोमवार मात्र तालिबानले आक्रमण गरेको थियो । घटनापछि प्रहरीले उक्त क्षेत्रलाई सिलबन्दी गरेको छ ।

आक्रमणको सीसीटीभी फूटेजमा खैरो मिनीभ्यान सेता एसयूभीहरूको पंक्तिनजिक विस्फोट भएको देखिएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्