
काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट पार्टी र सरकारविरुद्ध भ्रम फैल्याउने तत्वहरू सक्रिय बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
नेकपाको विदेश मामिला विभागले तुलसीलाल आमात्य प्रतिष्ठानमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी र सरकार विरुद्ध भ्रम छरिएको भन्दै यस्ता भ्रमहरू चिर्न सिंगो पार्टीले अभियानात्मक कार्यक्रम संचालन गर्ने जानकारी दिएका हुन् ।
बिहीवार आयोजित सो कार्यक्रममा तत्कालीन माओवादीका विदेश विभाग प्रमुख रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई खादा ओढाएर पदस्थापन गरेका थिए ।
नेपाल प्रमुख रहेको विदेश विभागमा राम कार्की र विष्णु रिजाल उपप्रमुख रहेका छन् ।