
काठमाडौँ - दक्षिण अमेरिकी देश मेक्सिकोको एक कलेजमा ग्र्याजुएसनको परीक्षामा चीट चोरी नहोस भनेर निरीक्षकले अनौठो प्रयोग गरेका छन् ।
मेक्सिकोको दक्षिण प्रान्तको ट्यालेक्सकाला भन्ने ठाउँमा रहेको 'कलेज अफ ब्याचलर'मा परीक्षा दिन आउने विद्यार्थीको टाउकोमा शिक्षकले 'कार्टून बक्स' लगाइदिए । सबै विद्यार्थीले आफ्नो टाउकोमा कार्डबोर्ड बक्स लगाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

त्यस्तो निर्णय लिने शिक्षकहरूलाई मानवअधिकारवादी संघसंस्थाहरूले आलोचना गरिरहेका छन् । कतिपय अविभावकहरूले शिक्षकहरूलाई कलेजबाट हटाइनुपर्ने समेत माग गरिरहेका छन् ।
कतिपयले भने शिक्षकहरूको यस्तो कदमको सराहना गरिरहेका छन् ।
कलेजका डाइरेक्टर लुइस जुआरेजले गतहप्ता एकले अर्काको नक्कल नगरुन भनेर यस्तो गरिएको स्पष्टिकरण दिएका छन् । एजेन्सीको सहयोगमा