११ असार २०८३, बिहीबार

वसन्तपुरमा पूर्वराजा ज्ञानेन्द्रका नातिको राजसी ठाँट र ‘पब्लिक क्रेज’ [ तस्वीरसहित ]

कात्तिक २०, २०७४
वसन्तपुरमा पूर्वराजा ज्ञानेन्द्रका नातिको राजसी ठाँट र ‘पब्लिक क्रेज’ [ तस्वीरसहित ]
काठमाडौं, १७ चैत – पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहको व्रतबन्धको अवसरमा बिहीवार काठमाडौंको वसन्तपुरस्थित मन्दिर दर्शन गर्न आउने समय दिउँसो एक बजे तोकिएको थियो ।
राजतन्त्र पक्षधरहरू एकघण्टा अघिदेखि नै राष्ट्रिय झण्डा बोकेर हृदयेन्द्रको स्वागतको लागि तयारी गर्दै थिए ।
वसन्तपुर आसपासमा बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति थियो । हृदयेन्द्र निर्मल निवासबाट व्रतबन्धको कार्यक्रम सकेर कुलपूजाको लागि वसन्तपुर पुगेका थिए ।

वसन्तपुर दरबार क्षेत्रवरिपरि एकघण्टा अघिदेखि सवारी रोकिएको थियो भने सर्वसाधारणलाई पनि सवारी क्षेत्र विशेषतः दरबारक्षेत्रको एकापट्टि सुरक्षार्थ तैनाथ गरिएको थियो ।

हृदयेन्द्र एकघण्टापछि निर्मल निवासबाट वसन्तपुर पुगे । परिवारका साथमा पूजाको लागि आउने सबैको आशाविपरीत हृदयेन्द्र एक्लै कालो मर्सिडिजमा आएका थिए ।

उनी वसन्तपुरमा आउने हल्ला चलेपछि भने त्यस  क्षेत्रका आसपासबाट मानिसको घुइँचो लागेको थियो भने त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई समेत व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको थियो ।
हृदयेन्द्र आएको गाडी अगाडि सुरक्षाकर्मीको गाडीलगायत पाँच छवटा गाडीहरू हुइँकिदै आएको थियो ।
हृदयेन्द्रलाई ठूलो राजसी छाता ओढाएर सबैभन्दा अगाडि नौमती बाजा बजाएर वसन्तपुरमा सवारी चलाइएको थियो । निर्मल निवासबाटै पूजासामान, कलश र बाजागाजासहित उपस्थित भएका हृदयेन्द्रको फोटो खिच्न फोटोपत्रकारलाई समेत उनको अनुहार कैद गर्न हम्मेहम्मे परेको थियो ।
त्यहाँ उपस्थित कतिले हृदयेन्द्रको अनुहार समेत पनि हेर्न पाएनन् । कोही भने अगाडि धनुष्टंकार नमस्कार गर्न दायाँबायाँ उभिएका थिए ।
राजपुरोहितसँगै आएका हृदयेन्द्रले वसन्तपुरस्थित अशोक विनायक मन्दिरमा गणेशको पूजा गरेका थिए । त्यहाँ उनले दश मिनेट समय बिताएका थिए । उनलाई हेर्न त्यहाँ आइपुगेका कति सर्वसाधारणले उनको अनुहार पनि हेर्न पाएका थिएनन् ।
वसन्तपुरमा उनी ओर्लिंदा उपस्थित उनका समर्थकले नवयुवराज हृदयेन्द्रकी जय, राजतन्त्र जिन्दाबाद लगायतका नारा लगाएका थिए ।
यसरी दश पन्ध्र मिनेट वसन्तपुरमा बिताएपछि सुरक्षाकर्मीको गाडी अघि लगाएर आएका उनी वसन्तपुरबाट फर्किएका थिए ।  यही अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले चैत २४ गते होटल सोल्टीमा दिवाभोजको समेत आयोजना गरेका छन् ।






तस्वीर : अशोक महर्जन

salt training

कमेन्ट गर्नुहोस्