×

NMB BANK
NIC ASIA

कला–संवाद

गायक आनन्द कार्कीलाई प्रश्न : अहिलेका गीत किन सदाबहार बन्दैनन् ?

भदौ २१, २०७६

NTC
Premier Steels

काठमाडौं - सैनिक परिवारमा हुर्केका गायक आनन्द कार्कीले अहिलेसम्म ३ हजारभन्दा बढी गीत गाइसकेका छन् । आधुनिक तथा भजन गाएपनि उनलाई गजल गायकका रूपमा चिनिन्छ ।

Muktinath Bank

सोलुखुम्बुका कार्की धेरै समय जन्मस्थल बस्न पाएनन् । बुबा भारतीय आर्मी भएका कारण उनी बुबासँगै गए । उनको बुबाको चाहना छोराले पढेर राम्रो नोकरी गरोस् या त सेनामै भर्ती होस् भन्ने चाहेका थिए रे । लोकान्तरसँग कुरा गर्दै कार्की विगत सुनाउँछन्, ' बुबाले मलाई पढ्नकै लागि सँगै लानुभएको हो । बुवा चाहनुहुन्थ्यो कि छोराले पढोस् र कतै राम्रो काम गरोस् । उहाँलाई पनि लागेको थिएन कि छोरो संगीततिर जान्छ भन्ने ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनको संगत संगीत क्षेत्रका मानिसहरूसँग हुन थाल्यो ।


Advertisment
Nabil box
Kumari

उनी बुबाको चाहनाविपरीत गइरहेका थिए । उनको बाबुले संगीतमा अलिकति पनि भविष्य देखेका थिएनन् । त्यतिबेला उनलाई बुबाले भन्ने गर्थे रे, ' संगीतमा लागेर के छ र फ्युचर ?'

Vianet communication

त्यसो त उनलाई संगीतमा अहिले पनि फ्युचर छ जस्तो लाग्दैन । उनी आफैं भन्छन्, 'हुन त हाम्रो अहिले पनि के छ र फ्यूचर ? कुन बेला के हुन्छ केही थाहा छैन । कुनै पनि जागिर खायो भने जागिरमा लाग्नेबित्तिकै उसको जीवन त ढुक्क भयो नि । तर हाम्रो ढुक्कवाला काम थिएन नि ।'

ढुक्कवाला काम नभएकाले बुबाले सपोर्ट नगरेको उनको भनाइ छ ।

बुबाको पूर्ण साथ नपाए पनि उनी संगीत बिना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका थिए । उनलाई संगीतको नशा लागिसकेको थियो । त्यसैले त उनले १४ वर्षको उमेरमै एकल गायन प्रस्तुति दिए । उनले कार्यक्रममा बुबालाई पनि बोलाए । तर उल्टै गाली खाए । बुबा रिसाए ।

बुबा रिसाए पनि भित्री रूपमा उहाँले सपोर्ट गरिरहेको आफूले चाल पाएको उनी सम्झिन्छन् ।

कसरी नि ?

शुरूआती दिनबारे उनी खुल्छन्, 'मैले १३ वर्षको उमेरमै गीत गाउन थालिसकेको थिएँ । १४ वर्षको उमेरमा मेरो एउटा शो भएको थियो । त्यसमा मैले हिन्दी किशोर कुमारका गीतहरू गाउन लागेको थिएँ । त्यसमा पनि मैले बुबालाई आउनु भनेको थिएँ । उहाँ रिसाउनुभयो । तर उहाँ खुसुक्क आउनुभएको रहेछ । मैले गीत गाउँदा गाउँदै देखिहालेँ ।  तर उहाँको भित्री मनमा मप्रतिको सपोर्ट रहेछ ।'

उक्त कार्यक्रम सफल भएपछि उनी बुबाको सपना पूरा गर्न तर्फ लागेनन् । उनले १४ वर्षको उमेरमै बुबा गुमाए । 

भावुक हुँदै उनी भन्छन्, 'तर म पूर्ण रूपमा संगीतमा लागिरहँदा भने बुबाले मलाई देख्न पाउनुभएन । त्यो त दुख लाग्छ ।'

त्यसपछि कार्की दुई वटा शोका लागि काठमाडौं आए । कार्यक्रममा पनि सफल भयो । तर उनलाई लखनउ फर्कन मन लागेन । उनलाई काठमाडौंको मोहले छाडेन । भन्छन्, ' मलाई काठमाडौं यति मन पर्‍यो कि म चाहिँ यतै बसेँ । साथीहरूलाई पठाइदिएँ ।'

खाली समयमा उनलाई दाईको एक जना साथीले भनेछन्- अहिले तिमी फ्री भएको बेला फ्याक्ट्रीमा काम गर न त ।

उनले हुन्छ भने ।

आफूलाई चप्पल कारखानामा सुपरभाइजरको काम दिइएको उनले बताए । संगीतको लत लागेका कार्की अरू काममा के अल्झिन सक्थे र । त्यसैले त कार्यस्थलमा टेबुल ठटाउँदै गीत गाउन थाल्थे । उनको यस्तो काम देखेर दाईको साथीले भनेछन-  भाई तिमी गीतसंगीतमै लाग । यता काम भएन ।

उनले चप्पल कारखानामा सुपरभाइजरको जागिर पनि छोडे । त्यसपछि आफू १०-१५ दिनभन्दा खाली बस्न नपरेको उनी बताउँछन् । भन्छन्, ' गीत गाउनका लागि एभरेष्ट स्यारेटनबाट प्रपोजल आयो । म त्यहाँ फर्स्ट भएँ । कन्ट्र्याक्ट एक वर्षको थियो । त्यसरी बस्दाबस्दै म यताको यतै भएँ ।'

तर काठमाडौं बसाइ उनको लागि शुरूमा त्यति सुखद् भएन । भन्छन्, 'नेपाली भाषा, संस्कृतिसँग नभिनेको कारण मलाई पहिलापहिला गाह्रो भएको थियो । म नेपाली भएपनि भारतमा बसेको भएकाले उतैको संस्कृति बुझेको थिएँ ।'

शुरूका दिनमा आफू हेपिएको पनि उनी बताउँछन् । कारण खोल्छन्, 'राम्रो गर्दा पनि एप्रिसिएट गर्दैन थिए कसैले पनि । तर इन्डियामा यस्तो संस्कार थिएन ।'

*****

आनन्द कार्की भारतीय गायन रियालिटी शो 'सारेगम'को विजेता समेत हुन् । आफूले जगजित सिंह, गुलाम जस्ता दिग्गजको बीचमा बसेर गीत गाउने मौका पाउँदा निकै खुशी लागेको उनी बताउँछन् । उद्घोषक सोनु निगमले त्यतिबेला भन्थे रे-  म कहिले कुमार सानु, उदित नारायण झा जस्तो बन्ने होला  ! त्यतिबेला सोनुले दुखका कुराहरू गर्ने गरेको कार्की सम्झन्छन् । त्यसैले अहिले कार्कीलाई लाग्छ-  मेहनतको बाटो हिँड्यो भने अवश्य सफल भइँदो रहेछ ।   

अहिलेका गीत किन सदाबहार बन्दैनन्?

अहिले गीतलाई एकदमै हल्का तरिकाले लेख्न थालिएको उनलाई लाग्छ । भन्छन्, 'जसले पनि गीत लेख्न थाले । पर्टिकुलर राइटरले गीत लेख्न छाडिसके ।

पुराना दिन सम्झँदै उनी भन्छन्, 'पहिलाको कुरा गर्ने हो भने हाम्रो प्रतिस्पर्धा इन्डियन गायकसँग हुन्थ्यो । हामीले कमजोर गीत गायो भने सेकेन्ड चान्स पाउन गाह्रो हुन्थ्यो । रेकर्डिङहरू पनि इन्डियामै हुन्थ्यो । संगीतकारहरूले पनि निकै मेहनत गरेर गीत बनाउँथे । गीतका शब्दहरू राम्रो राम्रो राइटरहरूलाई लगाइन्थ्यो ।'

अहिले एकै जनाले गीतका सबै काम गर्दा उनलाई चित्त बुझेको छैन । 'अहिले एकै जनाले गीत लेख्छन्, गाउँछन् र संगीत पनि गर्छन् । एउटैले सबै चीज गर्‍यो भने भेराइटिज त आएन नि ।'

जोसँग जे क्षमता छ, उसले त्यही अनुसार काम गर्नुपर्ने उनको बुझाइ छ ।

'गीतकारलाई गीत लेख्न दिनुपर्‍यो, संगीतकारलाई संगीत गर्न दिनुपर्‍यो अनि गायकलाई गाउनमात्रै दिनुपर्‍यो ।  अहिले गीतको बजेट पनि कम हुन्छ । सबै काम एउटैले गर्ने भएपछि सस्तो भयो नि,' अचेलका गीत लामो समयसम्म नचल्नुको कारण खुलाउँछन् उनी , 'त्यही भएर अहिले गीत पपुलर भए पनि केही समयमै हराइहाल्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x