२४ असार २०८३, बुधबार

उत्तर भारतमा रेल लिक बाहिर जाँदा...

कात्तिक २०, २०७४
उत्तर भारतमा रेल लिक बाहिर जाँदा...


नयाँ दिल्ली (भारत), १७ चैत - तीब्र गतिमा गुडेको रेल लिक बाहिर जाँदा भएको दुर्घटनामा बिहीबार कम्तिमा ३६ जना यात्रु घाइते भएको भारतीय अधिकारीले बताएका छन् ।mahakoshal-express-derail-up_650x400_81490843583

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको भए पनि भाग्यवस घटनास्थलमा कसैको मृत्यु भने नभएको प्रहरीले बताएको छ ।

बिहीबार बिहानै २ः३० बजे जवालपुर–निजामुद्दिन महाकौशल एक्सप्रेस उत्तर प्रवेदको राजधानी लखनउबाट २७० किलोमिटर टाढा महोवा जिल्लाको कुल पहाड रेल वे स्टेसनमा दुर्घटनाग्रस्त भएको थियो ।

घाइते सबैलाई स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनास्थलमा स्थानीय टेलिभिजनकर्मी पुगी पठाएका दृश्यचित्रमा भारतीय राष्ट्रिय रक्षा सुरक्षा बलका अधिकारी पुगी घाइतेहरुलाई उद्धार गरेको देखाइएको छ ।

उत्तर प्रदेशका नवनिर्वाचित मुख्यमन्त्रीले स्वास्थ्यमन्त्रीलाई घटनास्थल पुगी उद्धार कार्यको निरीक्षण गर्न निर्देशन दिनुभएको छ । घटनाबारे छानबिन गर्न अनुसन्धान समिति गठन गर्ने मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्