गौशाला, १७ चैत - माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग नलिए प्राप्त उपलब्धि पनि गुम्ने खतरा बढेर जाने बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले स्थानीय तहको निर्वाचन सबै दल र जनताका लागि आवश्यक रहेकाले यसमा सहभागी हुन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो ।
उहाँले सरकारले निर्वाचनका लागि सबै व्यवस्था मिलाइसकिएको र देशमा आन्दोलनरत तथा असन्तुष्ट पक्ष मधेसी, थारु, आदिवासी जनजातिलगायतसँग सकारात्मक वार्ता अगाडि बढिसकेकाले निर्वाचन समयमै हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो ।