
काठमाडौं – नेवार समुदायले मनाउने इन्द्र जात्रा आज (मंगलवार)बाट विधिवत रुपमा शुरू भएको छ ।
काभ्रे नालाको योसिंगा जंगलबाट मानन्धरहरुले तानेर ल्याइएको ३२ फिट लामो सो लिंग आज बिहान ९ बजेर २० मिनेटको साईतमा हनुमान ढोकाको काल भैरब र कागेश्वरी मन्दिरको अगाडी ठड्याइएपछि यस वर्षको इन्द्र जात्रा पर्व शुरू भएको हो ।

यस वर्ष यो पर्व नौ दिनसम्म मनाइन्छ । यसअघि भने सात दिनसम्म इन्द्रजात्रा मनाईंदै आएको थियो ।
यो अवधिमा इन्द्रको हात्तीको स्वरुप पुलुकिसि , लाखेनाच , शोभा भगवती नाच , माहाँकाल नाच र दश अवतार नाचको प्रदर्शन गरिन्छ ।
लिंगो ठड्याइएको तेश्रो दिनदेखि श्री गणेश ,श्री भैरब र श्री कुमारीको रथ यात्रा काठमाण्डौंको भित्री भागहरुमा घुमाइन्छ ।


