काठमाडौं – प्रियंका चोपडा र फरहान अख्तरको अभिनय रहेको द स्काई इज पिंकको ट्रेलर सार्वजनिक भएको छ ।
यस फिल्मका विषयमा लामो समयदेखि चर्चा चलिरहेको थियो । दिल्लीको पृष्ठभूमिमा बनेको लभस्टोरीमा यो फिल्म बनेको हो । फिल्मको कथालाई जायरा वसीमको पात्रले न्यारेट गरेको देखिन्छ ।
कथा एक किशोरी आयुषी (जायरा वसीम) वरिपरि घुम्छ । उनी आफ्नो मातापिताको प्रेमकथा भन्छिन् ।
प्रियंका र फरहानको प्रेमकथामा निकै उतारचढाव आउँछन् र आयुषी यसमा आफूलाई भिलेन मान्छिन् । नचाहिकनै गर्भवती भएको र बच्चा पाएपछि पनि ऊ निकै बिरामी भएपछि उसको हेरचाह गर्नका लागि संघर्ष गरेको कथा यसमा देखाइन्छ ।
प्रियंका र फरहानकी छोरीको भूमिकामा वसीम छिन् । रोहित सर्राफको अभिनय पनि छ । चारैजनाको अभिनय दमदार छ ।
शोनाली बोसले निर्देशन गरेको फिल्मको ट्रेलरले दर्शकको ध्यान आकर्षित गर्छ । फिल्म एक महिनापछि ११ अक्टोबरमा रिलिज हुँदैछ ।
एजेन्सी