
गुल्मी १८ चैत — सक्रिय राजनैतिक पदधारण गर्ने गुल्मीका सामुदायिक विद्यालयका १३ जना शिक्षकहरुलाई कारबाही गरिएको छ । जिल्ला शिक्षा कार्यालय गुल्मीका मित्रमणी खनालले ५ जना शिक्षक निष्काशित गरिएको र अन्यलाई उनीहरुको गल्तीको आधारामा कारवाही गरिएको बताए ।
जिशिअ खनालले भने ‘हामीले बिभिन्न उजुरी भिडियोहरुको आधारमा कारवाही गरेका छौं ।’ उनीहरुको नाम ठेगाना चाहिँ गोप्य राखिएको छ । केही दिनमा उनीहरुको नाम सार्वजनिक गरिने उनले बताए ।
राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिएपछि राजनैतिक दलहरुबाट आफुलाई ठुलो दवाव आएको समेत जिशिअ खनालले दुखेसो गरेका छन् । जनताको करबाट तलव खाने शिक्षकहरुले चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाईमा बाध पुराए विद्यार्थी संगठन र जनस्तरबाट समेत दवाव दिईनु पर्ने अनेरास्ववियु गुल्मीका संयोजक राजेन्द्रविक्रम कुँवरले बताए ।
उनले यो विषयलाई जोडका साथ उठाउन सञ्चार माध्यमलाई आग्रह गर्दै आफ्नो संगठनको साथ रहने बताए । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै गुल्मीका केहि शिक्षकहरु आ–आफ्नो राजनैतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरी रहेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालयको ध्यानकृष्ट भएको जनाईएको छ ।
सरकारी शिक्षकहरुले भाषण गरेको स–प्रमण सहित सम्वन्धीतका विरुद्ध उजुरी परे कार्वाही गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए । उनका अनुसार निर्वाचन आचर संहितामा सरकारी शिक्षकले चुनावी सभामा भाषण गर्न पाईदैन् । भाषण गरेको पाईए निर्वाचन आयोगमा जो कोही नागरिकले तस्वीर वा भिडियो सहित उजुरी दिए डेढ देखि दुई लाख सम्म जरिवाना लगायतको कार्वाही हुने बताए ।