
काठमाडौं – नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टीभीएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना ‘टीभीएस दशैंको दौड’ले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ ।
टीभीएस शोरुममा नगइकनै वा टीभीएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको योजनाको एक महत्त्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो ।
देशका विभिन्न भागमा यस प्रकारको म्याराथन दौड सञ्चालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले भदौ २८ गते शनिवार काठमाडौंमा पहिलो पटक ‘टीभीएस दशैंको दौड’ अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ । बिहान ७ बजेदेखि शुरू हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘दशैंको चहलपहलले हामीलाई छोइसकेको छ । यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरू समक्ष ल्याएको ‘टीभीएस दशैंको दौड’प्रति उपभोक्ताले जुन उत्साहजनक रुची दर्शाउनुभएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं । यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गइरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरूले यो दौडमा सहभागिता जनाउनु भई बडादशैंको स्वागतमा रमाउनुहुनेछ ।’
रमाइलो दौड नक्साल बालमन्दिरबाट शुरू भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टीभीएस शोरुम नक्सालमा पुगी समापन हुनेछ ।
सबै उमेर सबै समूहका व्यक्तिले भाग लिनसक्ने खुला रमाइलो दौडमा सहभागी हुने सबै जनालाई स्योर सट छूट स्वरुप १ हजार रुपैयाँ प्रदान गरिने छ भने विजेतामध्ये प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय स्थानमा आउनेलाई २५ हजार रुपैयाँ र तृतीय स्थानमा रहनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टीभीएस शोरुममा आफैैं गई वा https://tvsmotors.com.np/dashain मार्ग अनलाइनमार्फत् वा दौड शुरू हुने दिन नक्साल बालमन्दिरमै बिहान ६ बजे उपस्थित भएर पनि आफ्नो नामदर्ता गराउन सक्नेछन् ।
‘स्वास्थ्यका लागि टीभीएस रमाइलो दौडमा सहभागी हुनु हुन सबैमा हार्दिक अनुरोध पनि गरिन्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।