
काठमाडौं–पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले मुटुको परिक्षण गराएका छन् । शुक्रवार शहीद गंगालाल राष्ट्रीय हृदयकेन्द्रमा उनले स्वास्थ्य परीक्षण गराएका हुन् ।
स्वास्थ्य परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो स्वास्थ स्वस्थ रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘वेलावेलामा सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गराइरहनु उपयुक्त हुन्छ ! त्यही क्रममा आज शहीद गंगालाल राष्ट्रीय हृदयकेन्द्रमा परीक्षण गराइयो ! सबै ठीकठाक पाइयो ।’
उनले स्वास्थ्य परिक्षणमा संलग्न केन्द्रका निर्देशक डा. युवराज लिम्बु, डा. ज्ञानेन्द्र शाह, डा. सन्जय केसीलगायतलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले लेखेका छन्, 'केन्द्रका निर्देशक डा. युवराज लिम्बु र डा. ज्ञानेन्द्र शाह, डा. सन्जय के सी लगायत परीक्षणमा संलग्न सबैलाई हार्दिक धन्यवाद !'
यससँगै उनले नेपाल भित्र नै अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध भएको बताएका छन् । उनले गरीबलाई अस्पतालहरुले विशेष सहूलियत दिनुपर्ने बताउँदै सबैलाई स्वास्थ्य परिक्षणमा सहभागी हुन आह्वान गरेका छन् ।
उनले लेखेका छन्, 'नेपालभित्रै विश्वस्तरको स्वास्थ्यसेवा उपलब्ध छ१ सबैले वेलैमा उपयोग गरौं ! गरीबलाई विशेष सहूलियत दिऊँ ! धनीबाट आवस्यक असुल गरौं ! सुस्वास्थ्य सबैको मौलिक अधिकार हो !'