
काठमाडौं – प्रहरीले गोली प्रहार गरी एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरी सूचीमा रहेका साजन गुरुङ छन् ।
धादिङका स्थायी बासिन्दा गुरुङविरुद्ध निर्माण व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको आरोप थियो ।
उनलाई प्रहरीले काठमाडौंको गोलढुंगाबाट पक्राउ गरेको हो ।
घटनास्थलबाट सिधै उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।