२१ असार २०८३, आइतबार

कर्णाली नदीलाई डल्फिन क्षेत्रको रुपमा विकास गर्नुपर्छ : मन्त्री भट्टराई

कर्णाली नदीलाई डल्फिन क्षेत्रको रुपमा विकास गर्नुपर्छ : मन्त्री भट्टराई
प्रतिकात्मक तस्वीर

लम्की – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कैलालीको कर्णाली नदीलाई डल्फिन क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

कैलाली होटल व्यवसायी संघद्वारा टीकापुर नगरपालिका–७ वैदी ढुंगानाटोलमा आयोजित डल्फिन महोत्सवको शनिवार उद्घाटन गर्दै उनले डल्फिनको संरक्षण र प्रचारप्रसारमा सरकारले सहयोग गर्ने बताए ।

‘डल्फिन पाइने कर्णाली, मोहना र काढा नदीको दोभानमा डल्फिनको बासस्थान बनाउन सरकारले लगानी गर्छ,’ मन्त्री भट्टराईले भने, ‘स्थानीय पर्यटन प्रवद्र्धनका लागि तपाईंहरू योजना बनाएर आउनुस्, डीपीआर निर्माण र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने काम सरकारले गर्छ ।’

उनले डल्फिनलाई पर्यटक मुख्य आकर्षणको केन्द्र बनाउन सरकार सहयोग तयार रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन, स्थानीयको व्यावसायिक क्षमता अभिवृद्धि, आयआर्जनका लागि सक्ने सहयोग गर्ने सरकारको जिम्मेवारी हो र यस क्षेत्रलाई डल्फिन क्षेत्रका रुपमा सरकारले विकास गर्ने बताए ।

मन्त्री भट्टराईले टीकापुर हवाई मैदानमा हवाईजहाज उडाउने टीकापुरवासीको सपना पूरा गर्ने बताउँदै टीकापुर नेपालकै ऐतिहासिक र केही शहरमध्ये व्यवस्थित प्लानिङ भएको क्षेत्र भएकाले यहाँको समस्यालाई ध्यान दिएर सरकारले टीकापुर विमानस्थललाई नयाँ ढंगले सञ्चालन गर्ने धारणा व्यक्त गरे । ‘छिट्टै प्राविधिक टोली अध्ययनका लागि टीकापुर पठाउँछौं, टोलीले अध्ययन गरेर काम शुरू गर्छ, तपाईं विश्वस्त रहनुहोस्,’ उनले भने ।

मन्त्री भट्टराईले कर्णाली नदी हुँदै ताक्लाकोटबाट मानसरोवरको याज्ञा गर्न सकिने वातावरण बनाउन धार्मिक पर्यटनका रुपमा विकास गर्ने उल्लेख गर्दै थारू र पहाडीको मिश्रित समुदाय रहेको कैलालीको सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास आवश्यक रहेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुगोस्, पर्यटन प्रवद्र्धन र डल्फिनको प्रचारप्रसार होस् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तेजबहादुर बोहराले जानकारी दिए । महोत्सव ३ दिनसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्