२८ जेठ २०८३, बिहीबार

गुण्डागर्दी गर्नेलाई कारवाही गर्नुपर्छःसभापति देउवा

गुण्डागर्दी गर्नेलाई कारवाही गर्नुपर्छःसभापति देउवा

नेपाली काङ्गेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको जागरण अभियान कार्यक्रममा गुण्डागर्दी गर्नेलाई तत्काल कारवाही गर्न सरकारसंग माग गरेका छन् । 

‘जागरण अभियान’ अन्तर्गत आज कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा उने लकेही दिन अघि बाँकेको खजुरामा नेपाली काङ्ग्रेसले गरेको जागरण अभियान कार्यक्रममा केही व्यक्तिले प्रवेश गरेर गुण्डागर्दी शैलीमा आक्रमण गरी अप्रजातान्त्रिक गतिविधि मच्चाउनेलाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसंग माग गरेका हुन् । 
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सो आक्रमणमा काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने व्यक्तिका विरुद्धमा जाहेरी दिँदा पनि प्रहरीले यो घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए। 

सभापति देउवाले जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ भन्दै बाँके घटनामा संलग्नलाई कारवाही नभएसम्म काङ्ग्रेस कडा रुपमा प्रतिवाद गर्ने चेतावनीसमेत दिए। 

सो घटनाका सम्बधमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्