
काठमाडौं – ब्राजिलको बादिम अस्पतालमा आगलागी भएपछि कम्तीमा ११ जना वृद्धवृद्धाको मृत्यु भएको छ ।
आगलागी भएपछि अस्पताल कर्मचारीहरूले रोगीहरूलाई खाट वा ह्वीलचेयरमा राखेर सडकतर्फ दौडाएका थिए ।
अधिकांश पीडितहरू सघन उपचार कक्षमा थिए र उनीहरू सास फेर्न नसकेर अनि स्वास्थ्य उपकरण बिग्रिएर मृत्युवरण गर्न पुगे ।
अधिकारीहरूले ९२ रोगीलाई १२ वटा अन्य अस्पतालमा सारे । शुक्रवार अपराह्नसम्म तीमध्ये १५ जनालाई अस्पतालबाट छुट्टी दिएर घर पठाइएको छ ।
ब्राजिली पत्रिका जी१ का अनुसार, १९ वर्ष पुरानो भवनको भुइँमुनि बेलुका ६ः३० मा आगो लागेको थियो ।
जेनेरेटरमा शर्ट सर्किट भएर आगो लागेको हुनसक्ने भनी सिभिल डिफेन्सले अनुसन्धान गरिरहेको छ ।

आगोले विस्फोट गराएपछि लप्का माथिल्ला तहमा समेत पुगेका थिए । विशेषगरी तेस्रो र पाँचौं तल्लामा व्यापक क्षति भएको छ । अस्पतालको सघन उचार कक्ष निकै क्षतिग्रस्त भएको छ ।
६६ देखि ९६ वर्षसम्मका वृद्धहरू दुर्घटनामा मारिएका छन् ।
एजेन्सी