२० असार २०८३, शनिबार

‘मिस इकलेज २०१९’ काे ताज एलिसालाई

‘मिस इकलेज २०१९’ काे ताज एलिसालाई

काठमाडौं–‘मिस इकलेज २०१९’काे ताज मा ललितपुरको क्यारेवियन कलेजमा  अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले जितेकी छिन् । सिजन मिडियाले राजधानीमा बुधबार आयोजना गरेको ‘मिस इकलेज २०१९ मा उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्ड पनि हात पारेकी छिन् ।

यस्तै काठमाडौंको ह्वाइटहाउस इन्टरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहीले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्ड पनि हात पारेका छन् । त्यसैगरी सेकेण्डरनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जितेकी छिन् । थर्ड रनरअप रुषा नापितले मिस पर्शनालिटी र फोटोजेनीक अवार्ड पनि जित्न सफल भएकी छिन् भने फोर्थ रनरअप  दिपा लिम्वुले वेष्ट स्कीनक अवार्ड जितेकी छिन् ।

विधागततर्फ सुस्मीता वसेलले वेष्ट वाकको उपाधी प्राप्त गरिन् भने सिमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितेकी छिन् । वेष्ट ड्रेसमा स्वेता ठकुरी, कन्फीडेनस अवार्डमा रेश्मा तामाङ, व्यूटीफुल आइजमा एलिसा भुषाल, मिस पङ्चुवालिटीमा विमला तामाङ  र करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधी हात पारेकी छिन् ।

प्रतियोगितामा  विजेताले मिस इकलेज २०१९’का ताज र उपाधी सहित उपहार स्वरुप थाइल्याण्ड भ्रमणको लागि हवाइ टिकट प्राप्त गरेकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्