
काठमाडौं–अविरल वर्षा र बाक्लो हुस्सुका कारण मौसम प्रतिकुल बनेपछि लुक्लाबाट काठमाडौंका लागि उडेका ४ वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।
लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टर मौसम प्रतिकुल भएपछि धान खेतमा अवतरण गरिएका हुन् ।
यात्रुहरु सकुशल रहेको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले लोकान्तरलाई बताए । उनका अनुसार, मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एकएक गरी ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका छन् ।
४ चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेको सहप्रवक्ता जोशीले बताएका छन् ।