१० साउन २०८३, आइतबार

मौसम प्रतिकुल भएपछि पोखरासहित तीन विमानस्थलका उडान रद्द

मौसम प्रतिकुल भएपछि  पोखरासहित तीन विमानस्थलका उडान रद्द

काठमाडौं– लगातारको झरीका कारण मौसम प्रतिकुल भएपछि पोखरासहित तीन विमानस्थलका उडान रद्द  भएका छन् । 

मौसम प्रतिकुल भएपछि पोखरा विमानस्थल, तुम्लिङटार विमानस्थल र भरतपुर विमानस्थलको उडान रद्द भएको  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी प्रमुख सूर्यप्रसाद उपाध्यायले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार,  अधिकांश हिमाली उडानहरु रोकिएका छन् । 

यसैबीच, अविरल वर्षा र बाक्लो हुस्सुका कारण मौसम प्रतिकुल बनेपछि लुक्लाबाट काठमाडौंका लागि उडेका ४ वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।

लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टर मौसम प्रतिकुल भएपछि धान खेतमा अवतरण गरिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्