काठमाडौं– वेष्ट इन्डिजका विस्फोटक ब्याटसम्यान आन्द्रे रसेल पिता बन्ने भएका छन् ।
क्रिकेटर रसेलले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् । उनले भिन्न तरिकाले आफू पिता बन्न लागेको खुलाएका छन् ।
उनले आफ्नी पत्नी जेसिम लोरासँग क्रिकेट खेल्दै गरेको एक भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन् । सो भिडियोमा जेसिम आफैंले बल फ्याँकेकी छिन्, जसमा रसेलले ब्याट समातेका छन् । जब बल ब्याटमा लाग्छ, तब गुलावी धुन बज्छ । यसका मतलव यो हो की जेसिम छोरीको जन्म दिन लागेकी छिन् ।
रसेलले आफ्नो भिडियो पोष्ट गर्दै लेखेका छन्,' उनी बेबी गर्ल हुन्, मेरो जिन्दगीको एक अर्को उपहार । यसमा कुनै फरक पर्दैन कि, उ छोरा हो या छोरी । म भगवानसँग यही कामना गर्छु, उ स्वस्थ रहोस् ।'