३० असार २०८३, मंगलबार

विहानैदेखि वर्षा, बाढी आउन सक्ने भन्दै महाशाखाले गरायो सतर्कता

विहानैदेखि वर्षा, बाढी आउन सक्ने भन्दै महाशाखाले गरायो सतर्कता

काठमाडौं–बुधबार बिहानैदेखि काठमाडौंलगायत देशभरका केही स्थानहरुमा वर्षा भैरहेको छ ।   

आज देशका अधिकांश भूभागहरुमा  सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्य वर्षा भइरहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भूभागका धेरै स्थानमा र बाँकी भूभागहका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुने महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार, देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 यस्तै, आज राती देशको पश्चिमी तथा मध्य भूभागमा सामान्य देखि पुर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली  रहने तथा मध्य र पश्चिमका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज विहानै देखि बर्दिया, सिन्धुली, सिराहा, सप्तरी, सुनसरी, ओखलढुङगा र  आसपास मध्यम देखि भारी बर्षा भईरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

ज रातीसम्म विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहावको संभावना रहेकाले नदी तटिय क्षेत्रमा आज बेलुकासम्म सतर्कता बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्