२६ असार २०८३, शुक्रबार

वार्ताको ढोका खुलै रहेको तालिबानको भनाइ

वार्ताको ढोका खुलै रहेको तालिबानको भनाइ

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भविष्यमा शान्तिवार्ता गर्न चाहेमा आफूहरूले ढोका खुलै राख्ने तालिबानले बताएको छ । 

तालिबानका प्रमुख वार्ताकार शेर मोहम्मद अब्बास स्टानिकजाईले अफगानिस्तानको शान्तिका लागि सम्झौता नै एक मात्र उपाय भएको बताए । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको वार्ता अन्त्य भइसकेको बताएको एक हप्तापछि स्टानिकजाईको भनाइ सार्वजनिक भएको हो । 

केही दिनअघिसम्म पनि अमेरिका र तालिबानबीचको सम्झौता सम्पन्न हुने स्थितिमा थियो । उक्त सम्झौताले १८ वर्ष पुरानो द्वन्द्व अन्त्य गर्ने थियो । 

ट्रम्पले तालिबानका वरिष्ठ नेता र अफगान राष्ट्रपति अशरफ गानीलाई क्याम्प डेभिडमा भेट्ने कार्यक्रम समेत थियो । 

तर अफगानिस्तानको राजधानी काबुलमा सेप्टेम्बर ६ मा भएको तालिबान आक्रमणमा एक अमेरिकी सैनिकसहित १२ जना मारिएपछि ट्रम्पले वार्ता अन्त्य भएको घोषणा गरेका थिए । वार्ता चल्दै गर्दा युद्धविराम नगरेपछि उनीहरूसँग वार्ता गर्ने शक्ति नभएको जस्तो लागेको ट्रम्पको भनाइ थियो । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्