१६ असार २०८३, मंगलबार

काठमाडौंबाट धनगढी पुग्यो नेपालगञ्ज उडेको बुद्ध एयरको विमान

काठमाडौंबाट धनगढी पुग्यो नेपालगञ्ज उडेको बुद्ध एयरको विमान

राँझा – काठमाडौंबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण बुधवार राति नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । 

काठमाडौंबाट ६४ यात्रु लिएर बुधवार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको उडान नम्बर ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।

उनका अनुसार केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने संकेत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब बिहीवार बिहान धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिए ।

वर्षाले डुबान

बुधवार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौं घर डुबानमा परेका छन् । अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नम्बर ६ र ७ का सयौं घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको अहिलेसम्म रिपोर्ट प्राप्त भएको छ । यो संख्या अझै बढ्न सक्ने देखिन्छ । खजुरा गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने उढरापुर र सोनपुरका वासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्