१७ असार २०८३, बुधबार

कुलेखानी–फाखेल सडकको यातायात सञ्चालन

कुलेखानी–फाखेल सडकको यातायात सञ्चालन
फाइल फोटो

हेटौंडा – हेटौंडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा खसेको ठूला–ठूला ढुंगा हटाई बिहीवार बिहान साढे ७ बजेदेखि हेटौंडा–काठमाडौंको यातायात सेवा सञ्चालनमा ल्याइएको फाखेल प्रहरी चौकीले जनाएको छ । 

सडकमा बुधवार करीब ९ः०० बजे राति पनि सुक्खा पहिरो गई यातायात सेवा अवरुद्ध भएको थियो ।

स्थानीय वासिन्दाले दिएको सूचनाका आधारमा फाखेलका प्रहरी टोलीले त्यसतर्फ गई राति करीब साढे ११ बजे पहिरो हटाएको फाखेल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भरतकुमार कुल्मीले जानकारी दिए ।

सल्ले सडकखण्ड काठमाडौंसँग जोडिएको मकवानपुरको २ किलोमिटरभित्र पर्दछ । बिहीवार बिहान चाँडै काठमाडौंबाट आएका टाटासुमो यातायात उक्त ढुंगा खसी अवरोध भएको ठाउँमा घण्टौ कुर्नुपरेको स्थानीय रामबहादुर थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्