०२ साउन २०८३, शनिबार

नासाले चन्द्रमामा दोस्रोपटक अन्तरिक्षयात्री अबको पाँच वर्षमा पठाउने

नासाले चन्द्रमामा दोस्रोपटक अन्तरिक्षयात्री अबको पाँच वर्षमा पठाउने

काठमाडौं – चन्द्रमामा मानिसको पाइला परेको ५० वर्ष बितिसकेको छ र फेरि एकपटक त्यहाँ मानिस पुर्‍याउने कोशिश भइरहेको छ । 

नासाका अधिकारीहरूले सन् २०२४ सम्ममा मानिसलाई चन्द्रमाको दक्षिणी ध्रुवमा उतार्ने योजना बनाइरहेका छन् ।

मिसन सफल बनाउनका लागि पूरा गर्नुपर्ने काम सक्न नासालाई यसबाट समय पुगेको छ । 

नासाको मानव अवतरण प्रणालीका उपव्यवस्थापक ग्रेग चेभर्सले भने, ‘सन् २०२४ चाहिँ पक्का हो तर ठ्याक्कै कुन दिन भनेर चाहिँ तोकिएको छैन ।’

यस वर्ष नासालाई चन्द्रमामा मान्छे फेरि पुर्‍याउनका लागि निकै दबाब परेको छ । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले विशेषगरी यसमा निकै चासो देखाएका छन् । 

यसै महिना पेन्सले पाँच वर्षको डेडलाइन लिएर नासालाई उक्त समयभित्र मिसन पूरा गर्न चुनौती दिएका थिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्