०१ साउन २०८३, शुक्रबार

संविधान दिवसका अवसरमा २ सय ८२ कैदीलाई माफी

संविधान दिवसका अवसरमा २ सय ८२ कैदीलाई माफी

काठमाडौं – सरकारले संविधान दिवसको अवसरमा २ सय ८२ जना कैदीलाई आममाफी दिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राम्रो चालचलन देखाउने २ सय ८२ कैदीलाई संविधान दिवसका अवसरमा आममाफी दिने निर्णय भएको बताएका हुन् ।

बिहीवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै बाँस्कोटाले संविधानको धारा २७६ अनुसार भीमबहादुर शेर्पासमेत २ सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्