काठमाडौं , १९ चैत– नेपालमा आजबाट युरो फोर मापदण्डको तेल वितरण हुने भएको छ ।

केही समय अघि देखि कम मात्रामा ल्याउन गरेको यूरो स्टान्डरको तेल केही दिनपछि औपचारिक रुपमा वितरण शुरु गरिने भएको छ । यस अघि यूरो थ्री मापदण्डको तेल नेपाल आयल निगमले ल्याउन गरेको थियो ।
भारतले देशभका कच्चा तेल प्रशोधन केन्द्रमा युरो फोर मापदण्डको तेल उत्पादन शुरु गरेको छ । अब उसले सन् २०२० बाट युरो सिक्स मापदण्डको तलको प्रशोधन गर्न थाल्ने जनाएको छ ।
युरो फोर मापदण्डले सवारीको धुवाँलाई कम गर्नुका सार्थ न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्ने जनाइएको छ । जनसका कारण सवारीबाट हुने प्रदुषणमा समेत कमि आउँछ । यसको प्रयोगले सवारीसाधनको क्षमतामा समेत वृद्धि हुन्छ ।