३१ असार २०८३, बुधबार

मौसम बदली अझै केही दिन जारी रहने

कात्तिक २०, २०७४
मौसम बदली अझै केही दिन जारी रहने

काठमाडौँ, १९ चैत– बङगालको खाडीबाट आएको जलवास्पयुक्त हावाका कारण बदलीभएको मौसम अझै केही दिन जारी रहने विज्ञहरुले बताएका छन् ।

उक्त जलवास्पयुक्त हावाको साथै पश्चिम बङ्गाल, भारतको बिहार र नेपालको पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको विकास भएका कारण मौसम बदलीसँगै विभिन्न भेगमा वर्षा गराएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

‘यो केही दिन रहन्छ, काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य भेगमा दिउँसो र साँझपख हल्का वर्षात हुने सम्भावना छ, पश्चिमी भेगमा कुनै समस्या छैन,’ मौसमविद् पौडेलले भने ।

यसअघि पश्चिमी वायु र स्थानीय वायुको समिश्रणले साता दिन बढी मौसम बदलीसँगै देशका पूर्वी र मध्य भेगका विभिन्न स्थानमा वर्षा भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम १६ डिग्रिसेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्