२० असार २०८३, शनिबार

अपराध डायरी : आज दिनभर के–के भयो ?

कात्तिक २०, २०७४
अपराध डायरी : आज दिनभर के–के भयो ?

काठमाडौँ, १९ चैत - आज शनिबार । देशभर के–के आपराधिक तथा भवितब्यका घटना भए । यस्ता छन् नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षको अपराध डायरीःpolice


फरार अभियुक्त पक्राउ ः
दाङ– गोली प्रहार गरी हत्या गरेको अभियोगमा फरार रहेका घोराही नगरपालिका–३ बस्ने २८ बर्षीय बिक्रम थापालाई ९ एमएम पेस्तोल र ४ राउण्ड गोली सहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
थापाले २०७३ मंसिर १९ गते त्रिपुर नगरपालिका–७ बडहरा बस्ने ३० बर्षीया भाउजु पूर्णा थापालाई घरमा बसिरहेको अवस्थामा गोली प्रहार गरी फरार भएका थिए । गोली प्रहारबाट घाईते भएकी पूर्णा थापाको उपचारको क्रममा मृत्यु भएको थियो ।
अभियुक्त बिक्रम थापा फरार रहेको घटना सन्दर्भमा प्रहरीले खोजतलास गर्ने क्रममा घोराही नगरपालिका–४ मा लुकीछिपी बसेको अवस्थामा उक्त हतियार सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
भरुवा बन्दुक सहित पक्राउ ः
कास्की – माछापुच्छ्रे गाँउपालिका–१ करुवा बस्ने डिल बहादुर तामाङलाई भरुवा बन्दुक १ थान र चरा मार्ने कार्तुस १ थान सहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरी गस्ती टोलीले डिल बहादुर तामाङलाई शंका लागी घरमा खानतलासी गर्दा उक्त भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो ।

गोली बरामद ः
काठमाडा– काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर स्थित थ्री ब्रर्दस पेट्रोल पम्प अगाडी पिच सडकमा कटुवा पेस्तोलमा लाग्ने जस्ता कुच्चिएका पुराना अवस्थामा रहेका ९ राउण्ड गोली बेवारिसे अवस्थामा प्रहरीले शुक्रबार फेला पारी बरामद गरेको छ ।

सुनका गरगहना लुटपाट ः
काठमाडौं– काठमाडौं महानगरपालिका–१९ मरुहिटी स्थित प्रेम रत्न शाक्यको ५ तले घरको पहिलो तलामा भारत घर भएका शिव माइतीले संचालन गरेको सुनका गर–गहना बनाउने कारखानाबाट शुक्रबार करीब २८ लाख मुल्य बराबरको अंदाजी ५० तोला सुन लुटपाट भएको छ ।
उक्त कारखानामा अपरिचित ६ जना व्यक्तिहरु आई हामी प्रहरी हौं भनि हत्कडी र पेस्तोल देखाई डर त्रासमा पारी गहना बनाउन राखेको ३ ढिक्का सुन र बन्दै गरेको सुनका गर–गहना लुटपाट गरी फरार भएका थिए ।


आगलागीबाट धनमाल क्षती ः
रुकुम– रुकुमकोट–४ कुचिवाङ बस्ने टेक बहादुर बुढाको गोठमा शनिबार अचानक आगलागी हुँदा करीब १ लाख ५० हजार रुपैया बराबरको धनमाल क्षती भएको छ ।
साथै आगलागी निभाउने क्रममा निजको छोरी १७ बर्षीया गंगा बुढा गम्भिर घाईते भएकीले उपचारको लागि रुकुमकोट लगिएको छ ।
स्थानीयबासीको सहयोगमा आगो प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विभिन्न धनमाल चोरी ः
काठमाडौं– तारकेश्वर नगरपालिका–१९ शुभकामना चोक स्थित भिमलाल महर्जनको घरमा डेरा गरी बस्ने धादिङ उपासरुङ घर भएका नारायण मानन्धरको कोठाबाट शुक्रबार सुनका गर–गहना १ तोला र नगद ३० हजार गरी करीब ८४ हजार रुपैया र सोही घरमा डेरा गरी बस्ने गोरखा सौरपानी–३ घर भएका सदिन ढकालको कोठाबाट नगद ३५ हजार रुपैया बराबरको धनमाल चोरी भएको छ ।


सवारी दुर्घटनामा मृत्यु तथा घाईते ः
नवलपरासी ः मध्यविन्दु नगरपालिका–७ चालिस किलो स्थित महेन्द्र राजमार्गमा बिग्रिएर सडक किनारामा रोकी बनाउँदै गरेको ना ४ ख ३९९५ नंबरको बसलाई शनिबार पश्चिमबाट पुर्वतर्फ जादै गरेको ग्एछडत्छद्धठज्ञ भारतीय नंबर प्लेटको ट्रकले पछाडीबाट ठक्कर दिंदा बसमा सवार ४२ जना मध्य दाङ श्रीगाँउ बस्ने १६ बर्षीय राम चौधरी, १७ बर्षीय बिरवल चौधरी, सुर्खेत जुमखोला घर भएका ३८ बर्षीय हरि राम्जाली मगर र हाल नाम,थर,वतन नखुलेको अंदाजी २७÷२८ बर्षीय पुरुष ब्यक्ति समेत ४ जनाको घट्नास्थलमै तथा घाईते भएका ट्रक चालकको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाईते भएका बसमा सवार अन्य ५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको छ ।
बाँके ः चिसापानी–४ देउराली मोड स्थित सुर्खेत–नेपालगंज सडक खण्डमा सुर्खेतबाट नेपालगंजतर्फ आउँदै गरेको ना ३ ख ९२७४ नंबरको ट्रक शुक्रबार ब्रेक फेल भई पल्टदा ट्रक चालक सल्यान काभ्रा–१ घर भएका २२ बर्षीय यम बहादुर रोकाको ट्रकले च्याँपिन गई घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गाडी साहु र सह–चालक घाईते भएकोले उपचारको लागी भेरी अंचल अस्पताल लगिएको छ ।


मृत अवस्थामा फेला ः
कालिकोट– पाखा–१ सेरावाडा बजार नजिक तिला नदीको किनारमा पाखा–७ बस्ने ५५ बर्षीय कल बहादुर बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसी सबै घटनाका सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्