
काठमाडौं – अस्ट्रियामा गुएन्टर शाचेरमायरले प्यारासुटमा भेस्पा स्कूटर अड्काएर ९५ फीट माथि उडाएर विश्व कीर्तिमान बनाएको दाबी गरेका छन् ।
उनले स्कूटरलाई वुल्फग्यांग तालमाथि सजिलै उडाएका थिए ।
उनी बसेको स्कूटर मोडिफाई गरिएको थियो । प्यारासुटलाई तालमा रहेको स्पीडबोटले तानेको थियो र त्यसरी तान्दा स्कूटरसहित उनी आकाशमा पुगेका थिए ।
हावामा उचालिँदा गुएन्टरले मुट्ठी उज्याएका थिए र आफू विश्व कीर्तिमानधारी हुने निश्चित गरेका थिए ।
उनी उडानमै रहँदा एनर्जी ड्रिंकको क्यान खोलेर पिएका थिए ।
९५ फीटको उचाइमा पुगेपछि गुएन्टर तल आएका थिए ।
उनले भने, ‘भेस्पा चढेर यति माथि पुग्ने पहिलो व्यक्ति हुनु गजबको कुरा थियो । दुई वर्षको तालिमपछि यो उपलब्धि हासिल गर्नु मजाको कुरा हो ।’
तर गुएन्टरको भेस्पा तालमा खसेपछि मर्मत गर्नै नसकिने गरी बिग्रेको छ ।
गुएन्टरले गिनिजलाई भिडियो र तस्वीर पेश गरेर कीर्तिमान पुष्टि गर्न खोजेका छन् ।
एजेन्सी