०३ असार २०८३, बुधबार

यूएईका अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा कसरी धर्म मान्ने भन्ने विषयमा दिइयो निर्देशन

यूएईका अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा कसरी धर्म मान्ने भन्ने विषयमा दिइयो निर्देशन

काठमाडौं – यूएईका पहिलो अन्तरिक्षयात्री हज्जा अल मन्सूरीलाई अन्तरिक्षामा पालन गर्नुपर्ने इस्लामिक निर्देशिकाहरू दिइएको छ । 

इन्टरनेसनल स्पेस स्टेसनमा रहने अन्तरिक्षयात्रीहरूले दिनमा १६ पटक सूर्योदय र सूर्यास्त देख्छन् । त्यसैले गर्दा दिनको पाँचपटक नमाज पढ्ने धार्मिक मुसलमानहरूलाई अप्ठ्यारो पर्छ । 

मन्सूरीलाई ४ हजार आवेदकहरूबाट छानेर यूएईको पहिलो अन्तरिक्षयात्री बनाउन लागिएको हो । उनी बुधवार कजाखस्तानबाट रकेट चढेर अन्तरिक्षमा पुग्नेछन् । दुबईस्थित इस्लामिक मामिला प्राधिकरणले उनलाई अन्तरिक्षमा अपनाउनुपर्ने धार्मिक विधि सिकाएको छ । 

द नेसनलमा छापिएको खबरअनुसार, उनले मक्काको दिनको अवधिसँग मिल्ने हिसाबमा नमाज पढ्नुपर्छ । 

इस्लामको पवित्रतम शहर मक्काको समयलाई नै पालन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

अनि अन्तरिक्षमा बस्दा रमादानको रोजा पनि राख्नुपर्ने आधिकारिक निर्देशनमा उल्लेख छ । 

तर मन्सूरी अन्तरिक्षमा आठ दिन मात्र बस्नेछन् र यस वर्षको रमादान सकिसकेको छ । 

अनि मुसलमानहरूले नमाज पढ्दा मक्कातर्फ झुक्नुपर्छ । पृथ्वीलाई तीव्र गतिमा चक्कर लगाइरहेको बेलामा गुरुत्वाकर्षणविहीन अन्तरिक्षमा मक्काको दिशा थाहा पाउन गाह्रो हुन्छ । 

उनलाई सम्भव भएसम्म पृथ्वीतर्फ फर्केर नमाज पढ्न तर गाह्रो भएमा जुन दिशामा फर्केर भए पनि पढ्न भनिएको छ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्