१० साउन २०८३, आइतबार

कृषि विकास बैंकको पैसा चोर्ने 'मास्टर माइन्ड' पनि विदेशी, भारतमा बसेर नेपालीलाई परिचालन

असोज ८, २०७६
कृषि विकास बैंकको पैसा चोर्ने 'मास्टर माइन्ड' पनि विदेशी, भारतमा बसेर नेपालीलाई परिचालन

काठमाडौं – कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा टेकुमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र १ भारतीय नागरिक छन् ।

घटनाका मुख्य अभियुक्त 'मास्टर माइण्ड' भने पक्राउ परेका छैनन् । ती व्यक्ति विदेशी रहेको जानकारी दिएपनि प्रहरीले पहिचान खुलाएको छैन । 

'पक्राउ परेकाहरूले विदेशी व्यक्ति रहेको र आफूहरूले पनि एक/दुई पटक मात्र देखेको बताएका छन्, उक्त व्यक्ति अहिले भारतमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,' पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

घटनाबारे समयमै अनुसन्धान गरेर ५ अर्ब रुपैयाँसम्म चोरिन सक्ने जोखिम टारेको दाबी प्रहरीको छ ।

पढ्नुहोस्, यो पनि :

कृषि विकास बैंकबाट ५ करोड चोरी : प्रहरी भन्छ- ५ अर्ब रुपैयाँ चोरिने जोखिम थियो !

पक्राउ पर्नेमा बैंकबाट व्यक्तिको खातामा ट्रान्सफर भएको पैसा निकाल्ने तथा निकाल्न सहयोग गर्नेहरू छन् । 

क–कसको खातामा पैसा ट्रान्सफर भएको थियो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्