२४ जेठ २०८३, आइतबार

बिहेअघि शारीरिक राख्न नदिने कानुन प्रस्ताव, राष्ट्रपतिको विरोध गर्नु पनि अपराध

असोज ९, २०७६
बिहेअघि शारीरिक राख्न नदिने कानुन प्रस्ताव, राष्ट्रपतिको विरोध गर्नु पनि अपराध

 इन्डोनेसियाको संसद्‌बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ । प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ । यस्तै, सो नयाँ प्रस्तावित कानुनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ ।

सो मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भएको छ । मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मानिनेछ ।

यस्तै, विवाहपूर्व यौनसम्बन्ध राख्नु अपराध मानिनेछ । जसमा आरोपीलाई एक वर्ष जेल सजाय हुनेछ । विवाह नगरी सँगै बसेमा ६ महिना जेल सजायको व्यवस्था गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झन्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन । स्वास्थ्य समस्या र बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ । संसद्‌मा प्रस्तावित कानुनमा मंलबार नै मतदान हुने योजना भए पनि राष्ट्रपति जोको विडोडोले थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रबारका लागि स्थागित गरिदिएका हुन् । राजधानी दैनिकमा यो खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्