२८ जेठ २०८३, बिहीबार

दशैंमा माछामासु अभाव नहुने, यस्तो छ आपूर्तिको तयारी

दशैंमा माछामासु अभाव नहुने, यस्तो छ आपूर्तिको तयारी

काठमाडौं– सरकारले दशैं तिहारमा मासु र मासुजन्य वस्तुको अभाव नहुने दाबी गरेको छ । खसीबोका आयातमा क्वारेन्टाइन लागू भएपछि खसीबोका आयात कम भएपनि स्वदेशी उत्पादनले धान्ने सरकारको दाबी छ । 
पछिल्लो समय स्वदेशी खसीबोकाले आन्तरिक माग धान्न सकिने दाबी कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य सहरमा खसीबोकाको औसत माग संख्या प्रतिदिन १ हजार ८ सय ४० रहेकोमा २ हजार ३० वटा नेपाली बजारबाटै आपूर्ति भइरहेको छ।  

दशैंको ७ दिन र अन्य चाडपर्वको मुख्य दिनसहित १० दिन काठमाडौं उपत्यकासहित मुख्य सहरको औसत माग ५ हजार पुग्ने अनुमान गरिएको छ । यसअनुसार खसीको माग संख्या ५० हजार हुन आउने देखिन्छ ।

सो माग खसी, बोका र च्यांग्राबाट पूर्ति गरिनेछ । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्