
सिन्धुलीमाढी– सिन्धुलीको दूधौली नगरपालिका– २, बसनियामा पितृप्रसाद खाने २७ जना बिरामी परेका छन् ।
स्थानीय राजेन्द्र दाहालको घरमा मंगलवार सोह्रश्राद्धको पितृप्रसाद खानेहरू बिरामी परेका वडासचिव हेरम्बराज अभिकारीले जनाकारी दिए ।
बिरामी परेकामध्ये ६ जनालाई उपचारका लागि बर्दिबास पठाइएको र बाँकीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको उनले बताए ।
फूड पोइजनका कारण उनीहरू बिरामी परेको बताइएको छ । गोरखापत्रमा खबर छ ।