०९ साउन २०८३, शनिबार

माउन्टेन दौड संघका पदाधिकरिलाई राखेपको प्रमाणपत्र

कात्तिक २०, २०७४
माउन्टेन दौड संघका पदाधिकरिलाई राखेपको प्रमाणपत्र

काठमाडौँ, २० चैत - नेपाल माउन्टेन दौड संघका सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषदले प्रमाणपत्र प्रदान गरेको छ ।


१८० औँ संघका रुपमा दर्ता संघलाई शनिबार बागबजारको हबेली होटेलमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ |राखेपका सदस्य सचिब केशबकुमार बिस्टको प्रमुख आतिथ्यता तथा राखेपकै सदस्य उपेन्द्र पौडेलको विशिष्ठ आतिथ्यमा भएको कार्यकममा नवगठित नेपाल माउन्टेन दौड संघका अध्यक्ष सञ्जय पण्डितसहित समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

कार्यकममा संघका वरिस्ठ उपाध्यक्ष जीतबहादुर केसी, उपाध्यक्षहरु प्रनिर अधिकारी, सम्पन्न श्रेष्ठ, मधु घोरासैनी, करण विस्ट, महासचिव मनबहादुर खत्री, सचिव शिवकुमार पण्डित, सहसचिव पदमलाल सापकोटा, सदस्यहरु केशव रायमाझी,  गोविन्द पण्डित, रिखीराम पोख्रेल, अनिष खड्का, मदन लुइँटेल लगायतलाई संयुक्त रुपमा प्रमाण पत्र हस्तारन्तरण गरियो ।


कार्यकमका प्रमुख अथिति विस्टले यो संघले नेपालको हिमालय, पर्वतीय अल्ट्रा ट्रेल दौडमा नयाँ आयाम ल्याउने कुरामा आफू विस्वस्त रहेको बताए । विशिष्ट अथिति उपेन्द्र पौडेलले आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न पछि नपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्